`

फिल्म ‘नालापानी’ को नयाँ ट्रेलर सार्वजनिक

Nepal One HD ८ साउन २०८१ २१:३४
मनोरञ्जन

चलचित्र ‘नालापानी’ रि-रिलिज हुने भएको छ । रिमेश अधिकारीको लेखन, निर्माण तथा निर्देशन रहेको यो चलचित्रको रिलिज मिति घोषणासँगै निर्माण टिमले नयाँ ट्रेलर समेत सार्वजनिक गरेको छ ।

चलचित्र सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको नेपाल-अंग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाइएको छ ।

चलचित्रमा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, दयाराम दाहाल, पुजना प्रधान, मनोज शाक्य, विशाल पहारी, अचुत गजुरेल, हिक्मत थपलिया, जनक बर्तौला, सरिता राजोपाध्याय, गीता बिष्ट, साहिना भट्टराई, गीता अधिकारी, सुवास गजुरेल र सुवर्ण थापालगायतको अभिनय छ ।


प्रतिक्रिया