`

रहेनन् फुटबल खेलाडी तथा प्रशिक्षक खड्का

Nepal One HD ८ साउन २०८१ २१:३९
खेलकुद

कैलाली । राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी एवं प्रशिक्षक लालबहादुर खड्काको ५९ वर्षको उमेरमा आज निधन भएको छ ।

धनगढीस्थित आफ्नै घरमा बिहान अचानक बेहोस भएपछि अस्पताल पुर्‍याइएका खड्काको उपचारका क्रममा निधन भएको हो । उनलाई मस्तिष्काघात भएको पारिवारिक स्रोतले जनाएको छ ।

धनगढी क्षेत्रमा फुटबलको विकास र विस्तारमा नेतृत्वदायी योगदान दिएका खड्काले लामो समयसम्म सुदूरपश्चिम खेलकुद विकास समितिमा फुटबल प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।


प्रतिक्रिया