`

चीनमा गाडीको ठक्करबाट आठ पैदलयात्रीको मृत्यु

Nepal One HD १२ साउन २०८१ २०:२५
विश्व

मध्य चीनको चाङ्सा सहरमा शनिबार बिहान पैदलयात्रुलाई गाडीले ठक्कर दिँदा आठ जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् । अधिकारीहरूले यो दुर्घटना जानीजानी गरिएको आक्रमण भनी हालसम्म स्पष्ट पारेका छैनन् ।

हुनान प्रान्तको राजधानी चाङ्सामा मध्यरातको केही समयपछि उक्त घटना भएको प्रहरीले विज्ञप्तिमा जनाएको छ ।

उक्त क्षेत्रमा बसोबास गर्ने ५५ वर्षीय संदिग्ध व्यक्तिलाई हिरासतमा लिएको र अनुसन्धान जारी रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चीनमा सवारी साधन प्रयोग गरी आक्रमण गर्ने क्रम पनि बढेको देखिन्छ ।


प्रतिक्रिया