स्पेनले ‘खोजीको सूची’मा राखेका क्याटलोनियाली पृथकतावादी नेता कार्लेस स्वदेश फर्किने


निर्वासित क्याटलोनियाका पृथकतावादी नेता कार्लेस पुज्डेमोनले आफू पक्राउ परे पनि केही हप्ताभित्रै क्षेत्रीय प्रमुखको बहसमा भाग लिन स्पेन फर्कने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनी विवादास्पद स्वतन्त्रताको असफल घाृषणापछि सन् २०१७ मा अभियोजनबाट बच्न सकियोस् भनी विदेश पलायन भएका थिए । त्यसपछि स्पेनी न्याय प्रणालीले उनलाई खोजिरहेको छ ।
पुज्डेमोनले स्पेन फर्केमा पक्राउ पर्ने खतरा छ, जहाँ उनीमाथि आतंकवाद, भ्रष्टाचार र उच्च राजद्रोहको आरोप लगाइएको छ ।
पुइग्डेमोनले भनेका छन्, ‘हामी जे गर्न प्रतिबद्ध छौँ र हामी त्यही गर्न गइरहेका छौँ । मेरो स्पेन फर्कने अभियान भनेका यसैका लागि हो ।’
स्पेनको सर्वोच्च अदालतले गत जुलाई १ मा क्याटलोनियाका पृथकतावादीका लागि आममाफीको कानुन लागू नहुने फैसला सुनाएपछि उनको यो पहिलो सार्वजनिक सम्बोधन हो ।
‘मेरो दायित्व भनेको मनोनयनको बहस भएमा क्याटलोनियाको संसदमा जानु हो । म त्यहाँ उपस्थित हुनेछु,’ स्पेनको सीमा नजिकै दक्षिणपश्चिमी फ्रान्समा आफ्नो ‘टुगेदर फर क्याटालोनिया पार्टी’को एक र्यालीमा भने ।
पुज्डेमोनले आफू फर्केमा उनी गैरकानुनी हिरासत, स्वेच्छाचारी नजरबन्दबाट बच्ने आशा व्यक्त गरेका छन् ।
क्याटालोनियाको असफल अलगावको समयमा क्षेत्रीय प्रमुख रहेका उनीविरूद्धका अभियोगका कारण उनी स्वदेश फर्किनसकेका छैनन् । अन्य थुप्रै पृथकतावादीहरूविरुद्धको कानुनी कारबाही यसअघि नै खारेज भइसकेको छ ।
उनीविरूद्ध सन् २०१९ मा सडक प्रदर्शनका लागि ‘आतङ्कवादी अपराध’का लागि पनि अनुसन्धान भइरहेको छ ।
मे महिनामा भएको चुनावमा आफ्नो पार्टी दोस्रो स्थानमा आउँदा क्याटालोनियाको प्रमुखमा निर्वाचित हुने आशा उनले गरेका थिए तर संसदमा पर्याप्त मत प्राप्त गर्न सकेनन् ।
पुज्डेमोनका पृथकतावादी समूहका नेताहरू स्पेनको सत्तारुढ समाजवादी पार्टीका सदस्य साल्भाडोर इलासँग पराजित भए, जसले प्रमुख पदका लागि अर्को प्रमुख स्वतन्त्र गठबन्धनसँग वार्ता गरिरहेका छन् ।
अगष्ट २६ भित्र कुनै पनि दलले क्षेत्रीय प्रमुखको नाम घोषणा नगरेमा अक्टोबरमा नयाँ निर्वाचन हुनेछ ।
छिमेकी फ्रान्सबाट क्याटलोनियाको चुनावका लागि प्रचार गरेका पुज्डेमोनले भने ‘अब निर्वासनमा कुनै चुनावी अभियान हुनेछैन । अर्को चुनावी अभियान क्याटालोनियामा हुनेछ र म त्यहाँ हुनेछु ।’