`

गण्डकी सरकार र यातायात व्यवसायीबीच सहमति, आन्दोलन फिर्ता

Nepal One HD १३ साउन २०८१ १९:०७
समाचार

पोखरा । गण्डकी प्रदेश सरकार र आन्दोलनरत यातायात व्यवसायीहरूबीच सहमति भएको छ । सहमति भएसँगै व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् ।

व्यवसायीहरूको मागबारे अध्ययन गर्न प्राविधिक समिति गठन गर्ने सहमति भएपछि उनीहरुले आन्दोलन फिर्ता लिएका हुन् । प्रदेश सरकारले राइड सेयरिङलाई वैधता दिने गरी कार्यविधि बनाएपछि यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए ।

उनीहरु आइतबार सार्वजनिक यातायात सेवा बन्द गरेर आन्दोलन गरेका थिए । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मीको नेतृत्वमा समिति गठन गर्ने निर्णय भएको छ । समितिमा यातायात व्यवसायी र राइडर्स प्रतिनिधि थिए । समितिले १५ दिनभित्र मुख्यमन्त्रीलाई सुझाव दिनेछ ।


प्रतिक्रिया