`

बाघको आक्रमणबाट कञ्चनपुरमा एक युवतीको मृत्यु

Nepal One HD १७ साउन २०८१ १२:२७
समाचार

कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ । बाघको आक्रमणबाट जिल्लाको दोधारा चाँदानी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको मृत्यु भएको हो ।

उनलाई बिहीबार खेतमा काम गरिरहेका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । बुधवार बेलुकी ५ बजेतिर सोही वडाका दीपक पन्तको खेतमा बाघ देखिएको थियो ।

पन्तका अनुसार वन, नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरी टोलीले ड्रोनको सहायताले खोजी गर्दा समेत उखुबारीमा पसेको बाघ नदेखिएपछि उक्त टोली फिर्ता भएको थियो ।


प्रतिक्रिया