फिल्म ‘रोल नं १’ निर्माण हुने
मनोरञ्जन
काठमाडौँ । बाल मनोविज्ञानमा आधारित रहेर फिल्म ‘रोल नंं १’ निर्माण हुने भएको छ। सेभेन सिज सिनेमाको प्रस्तुति रहने फिल्मको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो।
फिल्ममा जोन योञ्जनको कथा र निर्देशन रहनेछ । फस्टलुकमा कक्षाकोठामा एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ। फिल्मको छायाँकन तिहारपछि गर्ने तयारी रहेको छ । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद र प्रशान्त शिवाकोटीको संगीत रहनेछ ।
सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको फिल्म ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा आइसकेको छ। यो ब्यानरको अर्को फिल्म ‘पूर्ण बहादुरको सारंगी’को सुटिङ पूरा भई पोस्ट प्रोडक्सनमा छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
