नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

प्रमुख खबर

काठमाडौँ । नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । बुधबार दिउँसो काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेष्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटना भएको हो ।
हेलिकप्टरमा चार जना विदेशीलाई स्याफ्रुबेंसी छाडेर फेरि त्यहाँबाट विदेशी नै लिएर काठमाडौं आउने गरी उडेको बताइएको छ । नुवाकोट प्रहरीले डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेको र प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट