निता आचार्यको ‘नाच्ने हो हिल भाँच्ने गरी’

मनोरञ्जन

काठमाडौं । गायिका निता आचार्यको ‘नाच्ने हो हिल भाँच्ने गरी’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्लसहित मोडलद्वय अन्जली अधिकारी र एलिशा शर्मा फिचर्ड छन् ।
गीतकार डीपी खनालको शब्दरचना रहेको गीतमा शंकर थापाको निर्देशन छ । केशवराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र मिलन विश्वकर्माको सम्पादन रहेको छ ।
विषम आचार्यको संगीत संयोजन रहेको यस गीतको भिडियोलाई निता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट