`

बंगलादेशका प्रधानन्यायाधीशले दिए राजीनामा

Nepal One HD २६ साउन २०८१ १७:२६
विश्व

बीबीसी । बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । आन्दोलनकारी विद्यार्थीले प्रदर्शन गर्दै सर्वोच्च अदालत परिसर घेर्न थालेपछि उनले राजीनामा दिएका हुन् ।

विद्यार्थीले सर्वोच्चका प्रधानन्यायाधीश र पुनरावेदन अदालतका न्यायाधीशहरूको पनि राजीनामा माग गर्दै प्रदर्शन थालेका थिए । विद्यार्थीको प्रदर्शन बढ्दै गएपछि प्रधानन्यायाधीशसहित पुनरावेदन अदालतका अन्य ५ न्यायाधीशले पनि राजीनामा दिएका छन् ।

त्यसअघि प्रधानन्यायाधीश ओबेदुलले अदालको फुलकोर्ट बैठक बोलाएका थिए। त्यसलाई न्यायापालिकामा सत्तापलटका रुपमा हेर्दै विद्यार्थीले प्रदर्शन थालेका थिए।

आरक्षणको विरोधमा सुरू भएको विद्यार्थी आन्दोलन चर्किदै गएपछि प्रधानमन्त्री देश छोडेर भागेकी थिइन् । हसिनाको सत्ता ढलेसँगै नोबेल पुरस्कार बिजेता मुहम्मद युनुस अन्तरिम सरकारका प्रमुख बनेका छन् ।


प्रतिक्रिया