भारतका पूर्वविदेशमन्त्री नटवर सिंहको निधन

विश्व

काठमाडौं । भारतका पूर्वविदेशमन्त्री नटवर सिंहको निधन भएको छ। सिंहको ९३ वर्षको उमेरमा शनिबार राति निधन भएको हो । सिंह लामो समयदेखि बिरामी थिए ।
पिटिआईका अनुसार पूर्वविदेशमन्त्री सिंहको अन्तिम संस्कार आज दिल्लीमा गरिनेछ । प्रधानमन्त्री नरेन्द्र मोदीले नटवर सिंहको निधनमा शोक व्यक्त गरेका छन् ।
उनी सन् २००४–५ मा युपिए सरकारमा भारतका विदेशमन्त्री थिए । नटवर सिंहले आफ्नो पुस्तक ‘वन लाइफ इज नट इनफ’ मा सोनिया गान्धी प्रधानमन्त्री नबन्नुको कारण दिएका थिए जसलाई लिएर निकै विवाद भएको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट