`

राजस्थानको करौलीमा वर्षाका कारण घर भत्किँदा दुईको मृत्यु, तीन घाइते

Nepal One HD २८ साउन २०८१ ८:४५
विश्व

करौली जिल्लाको नदीदरवाजा क्षेत्रमा आइतबार बिहानको भीषण वर्षाका कारण घर भत्किँदा एक बालकसहित दुई जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । घटनामा मृत्यु हुनेमा ३५ वर्षीया जाकिर खान र १२ वर्षीया जिया खान रहेका छन् ।

सरकारी अस्पताल करौलीका प्रिन्सिपल मेडिकल अफिसर (पीएमओ) रामकेशले घटनाबारे जानकारी दिँदै भने,“बिहान ७ः१५ बजेतिर अस्पतालमा नदीदरवाजा क्षेत्रमा रहेको घर भत्किएको र भग्नावशेषमा धेरैको ज्यान गएको सुचना आएको थियो । सुरुमा दुईवटा शव जिया खान र उनका बुबा जाकिर खानलाई अस्पताल ल्याइएको हो । घटनामा अन्य तीन जना सामान्य घाइते भएका थिए ।”

उक्त घर भत्किँदा कम्तीमा पाँचजना भग्नावशेषमा पुरिएको र उद्धार कार्यपछि दुई जनाको मृत्यु भएको र तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाले घर जीर्ण भएको अधिकारीहरुले बताएका छन् । राजस्थानका केही भागहरूमा तीव्र वर्षा भइरहेको छ । वर्षाका कारण गङ्गापुर शहरलगायत क्षेत्रहरु गत तीन दिनमा जलमग्न भएको थियो ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले आगामी साता केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।


प्रतिक्रिया