`

रौतहटको परोहालाई धुवाँमुक्त बनाउन नगरवासीलाई निःशुल्क ग्यास सिलिण्डर वितरण अभियान

Nepal One HD २८ साउन २०८१ २३:०१
समाचार

संजय सहनी, रौतहट । रौतहटको परोहा नगरपालिकाको स्थानीलाई निःशुल्क एल.पि.जी ग्यास सिलिण्ड र चुल्हो सेट वितरण गरेको छ ।

विकास र पूर्वाधारमा द्रुत गतिमा अगाडी बढिरहेको परोहाले धुवाँमुक्त नगर अभियानअन्तर्गत ग्यास चुल्हो सहित ग्यास सलिन्डिर वितरण अभियान सुरुवात गरेको हो । परोहा नगरपालिका– ४ मा रहेको विद्यालयको प्रांगणमा औपचारिक रुपमा कार्यक्रम आयोजना गरी नगरप्रमुख शेख वकिलले चुल्होसहति सिलिन्डिर वितरण कार्यको सुरुवात गरेका हुन् ।

आठौँ नगरसभाबाट पारित नीति कार्यक्रम अनुसार नगरका प्रत्येक घर परिवारलाई पुग्ने गरी लगभग ७ हजार ५ सय ग्यास चुल्हो सेट वितरण गर्ने योजना र कार्यक्रमअन्तर्गत चुल्होसहितको सिलिन्डिर वितरण गर्न लागिएको मेयर शेख वकिलले बताएका छन् । दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा आत्मनिर्भर ग्रामीण क्षेत्रका घर परिवारसम्म ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच विस्तार गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको मेयर वकिलले बताए ।

ग्यास सिलिन्डिर वितरणबाट आर्थिक रुपमा बिपन्न परिवार लाभान्बित हुने विश्वास व्यक्त गर्दै माटोको चुल्हो र दाउराले खाना पकाउने खासगरी महिला दिदी–बहिनीहरुको स्वास्थ्मा हुने खराबी रोक्न ग्यास चुल्होबाट सहयोग हुने उनले बताए । पहलो दिन परोहा नगरपालिका वडा नम्बर ३ तेजापाकडको स्थानीयलाई ग्यास सिलिन्डिर वितरण गरिएको छ ।

वडा नम्बर ३ का एक हजार २ सय घर मध्ये सोमबार ७ सय घरपरिवारलाई ग्यास सिलिन्डर, चुल्हो, रेगुलेटर, पाइप र ग्यास लाइटर दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहमद महफुज आलमले जानकारी दिए ।

आलमले यस अभियानबाट आगलागी न्यूनीकरण , वनविनाश रोक्न सक्ने विश्वास रहेको बताए । नगर उपप्रमुख सुगान्धी देवीले पालिकाका स्थानीयलाई ग्यास चुल्हो वितरण गर्न पाउँदा आफू निकै हर्षित भएको बताइन् ।


प्रतिक्रिया