`

अमेरिकाद्वारा सत्तापलटमा सहयोग गरेको हसिनाको आरोप अस्वीकार

Nepal One HD २९ साउन २०८१ १५:४२
विश्व

बङ्लादेशकी प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नमा आफ्नो कुनै संलग्नता नरहेको जनाउँदै हसिनाले अमेरिकालाई लगाएको आरोप झुटो भएको ह्वाइट हाउसले जनाएको छ ।

हसिनाको बहिर्गमनमा अमेरिकी हस्तक्षेपको आरोपबारे सोधिएको प्रश्नको जवाफमा ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले अमेरिकाको कुनै संलग्नता नरहेको प्रष्ट पारेकी हुन् ।

बङ्गलादेशको राजनैतिक परिवर्तन बङ्गलादेशी जनताको छनोट रहेको भन्दै उनले बङ्गलादेशी जनताले नै आफ्नो सरकारको निर्माण र विघठनको गर्नु पाउनु पर्छ भन्ने पक्षमा अमेरिका रहेको बताइन् ।

हसिनाका छोरा तथा पूर्व सरकारी सल्लाहकार सजीब वाजेद जोयले अज्ञात विदेशी शक्तिले बङ्गलादेशको विरोध प्रदर्शनलाई समर्थन गरेको आरोप लगाएका थिए । यद्दपी उनले कुनै प्रमाण भने पेस गरेका थिएनन् ।

मे महिनामा हसिनाले विदेशी शक्तिलाई बङ्गलादेश सरकारलाई सैन्य विमानस्थल (एयरबेस) निर्माण गर्न अनुमति नदिएपछि आफू विरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएकी थिइन् ।

संयुक्त राज्य अमेरिकाको सामान्यतया बङ्लादेशसँग मैत्रीपूर्ण सम्बन्ध छ । यद्देपी हालको अवस्थामा बङ्गलादेश र अमेरिकाबीच आरोप प्रत्यारोपको श्रङ्खला चलिरेको देखिन्छ ।

बङ्गलादेशमा हसिनाको सरकार अपदस्थ भएपछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको प्रमुखको रूपमा छन् ।


प्रतिक्रिया