`

अनिता चलाउनेको ‘म राम्रो कि ऊ राम्रो भन्देउ सबैले’

Nepal One HD ३० साउन २०८१ २२:४६
मनोरञ्जन

काठमाडौं । गायिका अनिता चलाउनेले आफ्नो तीज गीत ‘म राम्रो कि ऊ राम्रो भन्देउ सबैले’ सार्वजनिक गरेकी छन् । यो गीतको म्युजिक भिडियो बेलायतमा छायाँकन गरिएको छ ।

नेत्र अर्यालले लेखेका शब्दहरुलाई खेम सेञ्चुरीले संगीत भरेका हुन् । अनितालाई गायनमा पनि सेन्चुरीले साथ दिएका छन् ।

अनिताको युट्यूव च्यानलबाट म्युजिक भिडियो रिलिज गरिएको छ । भिडियोमा राजु ढकाल र सुश्मा बस्याल बास्ताकोटीले मोडलिङ गरेका छन् । भिडियोको कोरियोग्राफी आरुसी मगरले र निर्देशन प्रशान्त खड्काले गरेका हुन् । भिडियोमा बेलायतका सुन्दर दृष्यहरु हेर्न सकिन्छ ।


प्रतिक्रिया