`

इजरायलद्वारा लेबननमा हमला, हिज्बुल्लाहद्वारा सयौँ रकेट प्रहार

Nepal One HD ९ भदौ २०८१ १४:२७
विश्व

बीबीसी । इजरायली सेनाले आफ्ना युद्ध विमानहरूले लेबननस्थित हिजबुल्लाहका निशानाहरूमा आक्रमण गरिरहेको जनाएको छ ।

इजरायलतर्फ क्षेप्यास्त्र र रकेट प्रहार गर्ने प्रयासहरू भइरहेको थाहा पाएपछि आक्रमण गरेको इजरायली पक्षको भनाइ छ । इजरायलमा ४८ घण्टे सङ्कटकाल घोषणा गरिएको छ । तेलअबिबस्थित विमानस्थल केही समयका लागि बन्द भए पनि फेरि सञ्चालनमा आएको छ ।

संयुक्त राज्य अमेरिकाले इजराललाई आफ्नो समर्थन रहने दोहोर्याएको छ । आईडीएफका प्रवक्ता ड्यान्यल हेगारीले भने, ‘आत्मरक्षाका लागि ती जोखिमहरू हटाउन आईडीएफले आतङ्कवादी निशानाहरूमा आक्रमण गरिरहेको छ।’

इजरायलले लेबननका सर्वसाधारणहरूलाई इरानको समर्थन पाएको सिया मुसलमान समूहलाई हिज्बुल्लाह रहेका ठाउँ छाड्न आफूले चेतावनी दिएको जनाएको छ ।

त्यस लगत्तै हिज्बुल्लाहले आफूले अघिल्लो महिना समूहका वरिष्ठ सैन्य कमान्डरको हत्या गरिएको बदलामा इजरायलमा ठूलो स्तरको ड्रोन हमला गरेको जनाएको थियो ।

आइतबार बिहानै उत्तरी इजरायलमा रकेट आइरहेको जनाउ दिने चेतावनीका साइरनहरू बजेका थिए । तत्कालै कुनै क्षतिको विवरण आएको छैन।

हिज्बुल्लाहले इजरालको उत्तरतर्फ रहेका सैन्य निशानाहरूलाई केन्द्रित गरेर ३२० वटा रकेट प्रहार गरेको जनाएको छ । उसले यसलाई इजरायलमाथिको ‘पहिलो चरण’ को आक्रमण भनेको छ ।

आईडीएफले एउटा विज्ञप्तिमा हिज्बुल्लाहले ‘१५० भन्दा बढी रकेट लेबननबाट इजरेली भूमिमा प्रहार गरेको’ जनाएको छ । उसले ’आइरन डोम’ क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पनि प्रयोग गरिएको जनाएको छ ।


प्रतिक्रिया