यमनको तटीय क्षेत्रमा डुङ्गा पल्टिँदा १३ जनाको मृत्यु, १४ जना बेपत्ता

विश्व

यमनको तटमा आप्रवासीहरूको डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अन्य १४ जना बेपत्ता भएका छन् ।
जिबुटीबाट प्रस्थान गरेको डुङ्गामा २५ जना इथियोपियाली आप्रवासी र दुई यमनी नागरिक रहेको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले जनाएको छ । डुङ्गा मङ्गलबार बानी अल–हकम उप–जिल्लाको दुबाब जिल्ला नजिकै पल्टिएको थियो ।
मृत्यु हुनेमा ११ पुरुष र दुई महिलाको शव फेला परेको छ भने बाँकी बेपत्ताको खोजी कार्य जारी रहेको आइओएमले जनाएको छ । डुङ्गा पल्टिनुको कारण स्पष्ट भएको छैन ।
आइओएमले द्वन्द्व, गरिबी र जलवायु सम्बन्धी चुनौतीलगायत अनियमित बसाइँ सर्ने मूल कारणको समाधान गर्न सबै पक्षलाई आह्वान गरिरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट