`

पाल्पामा स्कुटर दुर्घटनामा चालकको मृत्यु

Nepal One HD १७ भदौ २०८१ १३:४४
समाचार

पाल्पा । पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्बरको स्कुटर सोमबार बिहान दुर्घटना हुँदा रामपुर–१० चालक ४० वर्षीय यमबहादुर खरु मगर गम्भीर घाइते  भएका थिए ।

उनलाई उपचारका लागि रामपुर अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । 

स्कुटर अनियन्त्रित भइ सडक किनारको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया