`

संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा खतिवडा

Nepal One HD १७ भदौ २०८१ २१:०६
शिक्षा

काठमाडौँ, १७ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाध्यक्ष प्रा डा भीमप्रसाद खतिवडालाई तीन महिनाका लागि नेपाल संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी तोक्नुभएको छ ।

प्रधानमन्त्री एवं कुलपति ओलीले सो विश्वविद्यालय ऐन, २०४६ को  दफा १६ को उपदफा ६ बमोजिम आज उक्त जिम्मेवारी दिनुभएको हो ।  सो विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले गत साउन २७ गते दिनुभएको राजीनामा यही भदौ १ गते प्रधानमन्त्रीबाट स्वीकृत भएको थियो ।

प्रतिक्रिया