`

बङ्गलादेशका प्रमुख निर्वाचन आयुक्तद्वारा राजीनामा

Nepal One HD २० भदौ २०८१ १६:५५
विश्व

ढाका । बङ्गलादेशका निर्वाचन प्रमुखले बिहीबार पदबाट राजीनामा दिएका छन् । जनवरीमा भएको निर्वाचनमा उनले राजनीतिक हस्तक्षेपलाई अस्वीकार गरेका थिए । उक्त निर्वाचनमा निरङ्कुश नेता शेख हसिना पुनःनिर्वाचित भएकी थिइन् । हसिना विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनपछि देश छाडेर भागेकी थिइन् ।

काजी हबिबुल अवाल र मुलुकका चार अन्य आयुक्तले पूर्वप्रधानमन्त्री हसिनाको निष्कासनलाई त्यसो गर्नुको कारण औँल्याएर राजीनामा दिए । 

उनीहरू केन्द्रीय बैंकका गभर्नर र सर्वोच्च अदालतका न्यायाधीशहरूसहित हसिनाको पलायनपछि आफ्नो पद छाड्ने हसिनाद्वारा नियुक्त सार्वजनिक अधिकारीरूमध्ये पछिल्लो हुन् । 

“मुलुकको बदलिँदो परिदृश्यलाई ध्यानमा राख्दै म र अन्य आयुक्तहरूले राजीनामा दिने योजना बनायौँ”, अवालले पत्रकारहरूसँग भने । 

पाँच आयुक्तले जनवरीमा भएको निर्वाचनको अध्यक्षता गरेका थिए । निर्वाचनले हसिनालाई लगातार चौथो पटकको कार्यकाल र उनको अवामी लिग पार्टी र सहयोगीहरूलाई सिटहरूमा करिब एकाधिकारको ग्यारेन्टी दिएको थियो । 

कम मतदानका कारण निर्वाचन प्रभावित भएको थियो र मुख्य विपक्षी बङ्गलादेश नसनलिस्ट पार्टी (बिएनपी) ले हजारौँ सदस्य पक्राउ परेकाले निर्वाचन बहिष्कार गरेको थियो । 

अधिकार समूहहरू र पश्चिमी सरकारहरूले मतदानलाई अस्वाभाविक र अनुचित भन्दै आलोचना गरेका थिए । 

तर अवालले हसिनाप्रति वास्तविक राजनीतिक विरोधको कमी हुनु नै मतदान इमान्दारीका साथ भएको बताए । 

“मुख्य विपक्षी दल बिएनपी र समान विचारधाराका दलहरू निर्वाचनमा सहभागी भएनन्”, उनले भने, “यो एक दलीय निर्वाचन भएकाले निर्वाचनलाई प्रभावित गर्नुपर्ने कुनै आवश्यकता थिएन ।”


प्रतिक्रिया