`

भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम यचुरीको निधन

Nepal One HD २७ भदौ २०८१ १७:४३
विश्व

बीबीसी हिन्दी । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरीको निधन भएको छ । नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचारका क्रममा यचुरीको ७२ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित यचुरीले एम्सको आईसीयूमा उपचार गराइरहेका थिए । १९५२ अगस्ट १२ मा भारतको चेन्नईमा जन्मिएका यचुरी भारतीय राजनीतिका प्रभावशाली नेता हुन् ।


प्रतिक्रिया