`

नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा

Nepal One HD ९ असोज २०८१ २१:०९
खेलकुद

काठमाडौं । भुटानलाई पराजित गर्दै नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छ । बुधबार भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा पाहुना टोली नेपालले भुटानविरुद्ध २–१ गोलको जित हात पारेसँगै दुई खेलमा ६ अंक जोडेको नेपाल समूह ‘बी’ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । पराजित भुटान भने समान खेलबाट चार अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो ।

यो समूहबाट पाकिस्तान समूह विजेताका रूपमा अन्तिम चारमा प्रवेश गर्यो । पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ४–० ले हराएको थियो । नेपालले सेमिफाइनलमा समूह ‘ए’ को विजेता भारतको सामना गर्नेछ।


प्रतिक्रिया