`

महिला लिगमा बागमतीलाई एपिएफको सात गोल

Nepal One HD ११ असोज २०८१ १७:४३
खेलकुद

काठमाडौं । एन्फा महिला लिगको शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले बागमती युवा क्लबलाई पराजित गरेको छ ।

एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा एपिएफले बागमतीलाई ७–० गोल अन्तरले पराजित गरेको हो । एपिएफको जितमा रश्मीकुमारी घिसिङले चार गोल गरिन् ।

त्यस्तै अनिता बस्नेतले ४१ र सविता थापा मगरले इन्जुरी समयमा गोल गरिन् भने एक गोल आत्माघातीबाट प्राप्त गरेको थियो । जितसँगै ९ खेलमा २५ अंक जोडेको एपिएफ शीर्ष स्थानमा छ । पराजित बागमती समान खेलबाट १० अंकका साथ छैटौं स्थानमा छ ।


प्रतिक्रिया