प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ उजुरी, मंगलबार उजुरीकर्तासँग छलफल गरिने

प्रमुख खबर

काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध ६ वटा उजुरी परेका छन् । संवैधानिक परिषद्ले राउतलाई सर्वोच्च अदालतको प्रधानन्ययाधीशमा सिफारिस गरेकोमा संसदीय समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो ।
समितिले राउतको सुनुवाइ असोज १६ गते गर्ने निर्णय गरेको छ । समितिले मंगलबार उजुरीकर्तासँग छलफल गर्ने जनाएको छ । संवैधानिक परिषद्को भदौ ३१ गतेको बैठकले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
त्यस्तै, बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध दुईवटा उजुरी परेका समितिले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट