`

दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

Nepal One HD १५ असोज २०८१ १६:४८
प्रमुख खबर

काठमाडौं । अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई एक लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । प्रसाईं साइबर अपराधको आरोपमा हिरासतमा थिए ।

प्रसाईँका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दुई वटा मुद्दामा ५०/५० हजार धरौटीमा छाड्ने आदेश भएको जानकारी दिए ।


प्रतिक्रिया