`

गाजास्थित शरणार्थी शिविरमा इजरायली हमलामा कम्तिमा ३३ जनाको मृत्यु

Nepal One HD ३ कार्तिक २०८१ ११:०१
विश्व

बीबीसी । इजरायलले गरेको एउटा हवाई हमलामा परी उत्तरी गाजास्थित एउटा शरणार्थी शिविरमा रहेका कम्तीमा ३३ जना मारिएका छन् ।

गाजा स्ट्रिपस्थित हमास प्रशासनले जनाएअनुसार मारिनेमा २१ जना महिला छन् । जबिलामा गरिएको हमलाबारे इजरायलको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । बाक्लो जनघनत्व रहेको सो क्षेत्रलाई केही सातादेखि इजरायली फौजहरूले घेराबन्दी गरिरहेका छन् ।

यसैसाता इजरायली हमलामा हमासका प्रमुख याह्या सिन्वार मारिएपछि एकथरीले युद्ध रोकिन सक्ने आशा गरेका थिए। तर सो समूहका उपनेताले हमास अझ सशक्त भएर निस्कने बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायलले हिज्बुल्लाहसँग लडाइँ गरिरहेको लेबननमा ‘युद्धविरामको दिशामा काम गर्ने’ सम्भावना रहे पनि ‘गाजामा गाह्रो रहेको’ बताएका छन् । जर्मनीको राजधानी बर्लिनमा जर्मन, फ्रेन्च र ब्रिटिश नेताहरूसँग भेटवार्ता गरेर फर्कने क्रममा बाइडनले यो अभिव्यक्ति दिएका हुन् ।

गाजामा हमास सरकारद्वारा सञ्चालित सञ्चारमाध्यमका अनुसार इजरेलले शुक्रवार गरेको हवाई हमलामा ८५ जनाभन्दा बढी घाइते भएकामा केही गम्भीर छन् मानिसहरू भग्नावशेषमा पुरिएकाले मृतकको सङ्ख्या ५० पुग्न सक्ने उसले जनाएको छ।


प्रतिक्रिया