जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

समाचार

काठमाडौं, २५ कात्तिक – नागार्जुन नगरपालिका-४ शुभकामना टोलस्थित संखुवासभा खाँदबारी नगरपालिका-४ घर भएकी ४० वर्षीया उषा तामाङको श्रेया खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ५ सय २० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट