सुगममा कार्यरतलाई पुनः सुगममै सरुवा गरेको भन्दै उजुरी परेपछि नापी विभागको ८५७ जनाको सरुवा रद्द
प्रमुख खबर
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागले असोज २३ गते गरेको ८५७ जना कर्मचारीको सरुवा निर्णय रद्द गरेको छ।
सुगम क्षेत्रमा कार्यरत कर्मचारीलाई पुनः सुगममै सरुवा गरिएको र दुर्गममा कार्यरत कर्मचारीको गुनासो बेवास्ता गरिएको भन्दै मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा उजुरी परेको थियो। सरुवा पुनरावलोकनका लागि २०० भन्दा बढी कर्मचारीले निवेदन दिएका थिए।
गुनासोपछि मन्त्रालयले सरुवा सूची बदर गर्दै नयाँ ‘कर्मचारी सरुवा सम्बन्धी मापदण्ड, २०८३’ जारी गरेको छ। अब सोही मापदण्डअनुसार पारदर्शी र न्यायोचित ढङ्गले कर्मचारी सरुवा गर्न मन्त्रालयले विभागलाई निर्देशन दिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
