`

नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठलाई मेयर साहले गराए पद तथा गोपनीयताको शपथ

Nepal One HD १८ मंसिर २०८१ १५:५९
राजनीति

काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनबाट काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदमा निर्वाचित रोजिना श्रेष्ठलाई महानगर मेयर बालेन्द्र साहले पद तथा गोपनीयताको शपथ गराएका छन् । मंगलबार मेयर साहले श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् ।

२०७९ को स्थानीय तह निर्वाचनबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको २०८० भदौ २१ गते निधन भएपछि रिक्त भएको स्थानमा मंसिर १६ गते उपनिर्वाचन भएको थियो । रिक्त स्थानमा पुष्प महर्जनले कार्यवाहक अध्यक्षका रुपमा काम गरिरहेका थिए ।


त्यस अवसरमा उपप्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, प्रमुख प्रशासकीय अधिकृत सरोग गुरागाईँसहित अधिकारी उपस्थित थिए । शपथपछि वडाध्यक्ष श्रेष्ठले आज नै पद वहाली गरेकी छन् ।


प्रतिक्रिया