`

छुरा प्रहारबाट बलिउड अभिनेता सैफ अली खान घाइते, अवस्था खतरामुक्त

Nepal One HD ३ माघ २०८१ १४:३०
विश्व

मुम्बई । बलिउड अभिनेता सैफ अली खान छुरा प्रहारबाट घाइते भएका छन् । उनलाई धारिलो हतियारले आक्रमण हुँदा छ ठाउँमा चोट लागेको उनको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

अस्पतालले उनलाई लागेको चोटमध्ये दुई वटा गहिरो भएको र एउटा उनको मेरुदण्डनजिकै रहेको जनाएको छ ।

सैफ अली खानको बान्द्रास्थित ‘सतगुरु शरण’ भवनमा रहेको निवासमा एक घुसपैठियाले घरमा काम गर्ने एक महिलासँग मुठभेड गरेपछि छुट्टयाउने क्रममा चोट लागेको बताइएको छ ।

बलिउड अभिनेता सैफ अली खानको उपचारमा संलग्न लिलावती अस्पतालको चिकित्सकको टोलीले एक विज्ञप्ति जारी गर्दै उनको अवस्था खतरामुक्त रहेको र अहिले स्वास्थ्यमा सुधार भइरहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “बलिउड अभिनेता सैफ अली खानको शल्यक्रिया सफल भएको छ । उहाँको स्वास्थ्यको प्रगतिको निगरानी उपचारमा संलग्न चिकित्सकहरूले गरिरहेका छन् ।”

उनको परिवारका सबै सदस्य सुरक्षित रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया