`

विराटनगरमा प्रचण्ड भक्का खान निस्किएपछि….

Nepal One HD ५ माघ २०८१ १०:५५
प्रमुख खबर

विराटनगर । केही कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शुक्रबार साँझ विराटनगर पुगेका छन् ।

शुक्रबार विराटनगर पुगेका प्रचण्ड शनिबार बिहानै ‘मर्निङवाक’मा निस्किए । उनी कार्यकर्तासँग बिहान ‘मनिङ्वाक’मा निस्किएका हुन् । त्यसक्रममा उनले राजवंशी समुदायको खाना भक्काको स्वाद लिएका थिए ।

भक्काको स्वाद लिएपछि प्रचण्डले सामाजिक संजालमा लेखेका छन्, ‘शुभ प्रभात ! राजवंशी समुदायको भक्काको स्वादसँगै आजको दिनको सुरुवात गरेको छु। आज दिनभरजसो मोरङका जनसमुदायसँगको साक्षात्कारमा रहने छु।’

हेर्नुस् भिडियो


प्रतिक्रिया