`

न्यु होराइजनलाई हराउँदै फ्रेन्ड्स क्लब अर्जुन ट्रफीको फाइनलमा

Nepal One HD २६ माघ २०८१ १७:१६
खेलकुद

धनगढी । फ्रेन्ड्स क्लब डडेल्धुरा कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । शनिबार भएको पहिलो सेमिफाइनलमा न्यु होराइजन बुटवललाई पाँच विकेटले हराउँदै डडेल्धुरा उपाधि नजिक पुगेको हो ।

डडेल्धुरालाई फाइनलमा पुर्याउन राष्ट्रिय टोलीका सदस्यसमेत रहेका कुशल भुर्तेलले अलरान्ड प्रदर्शन गरे । सेमिफाइनलमा बुटवलले दिएको ८३ रनको लक्ष्य डडेल्धुराले १५ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । डडेल्धुरालाई फाइनलमा पुर्याउन कुशल भुर्तेलले २६ बलमा ४६ रन बनाए ।

उनले छ चौका र दुई छक्का प्रहार गरेका थिए । यस्तै, आयुषमान बमले १६ रन बनाए । बुटवलका प्रिन्स पालले तीन तथा निर्मल गुरुङ र महेश भारले एक–एक विकेट लिए ।

त्यसअघि फाप्ला मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवल १६१ ओभरमा ८२ रनमा समेटिएको थियो । सेमिफाइनलको अर्को खेल आइतबार हुनेछ । उक्त खेलमा डीसीए धनगढी र सीवाईसी अत्तरिया भिड्नेछन् ।


प्रतिक्रिया