`

चर्च ब्याइजलाई हराउँदै एनआरटीलाई बुढासुब्बा गोल्डकपको उपाधि

Nepal One HD २६ माघ २०८१ १८:२१
खेलकुद

काठमाडौं । चर्च ब्वाइज युनाइटेडलाई हराउँदै न्यूरोड टिम (एनआरटी) क्लबले बुढासुब्बा गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार धरान रङ्गशालामा भएको फाइनल खेलमा एनआरटीले चर्च ब्वाइजलाई २–१ गोलले हराउँदै उपाधि जितेको हो ।

एनआरटीका लागि दुवै गोल हर्ने अडुसेट पोकोले गरे । यस्तै चर्च ब्वाइजका अनन्त तापाङले एक गोल गरे । २५औं संस्करणको बुढासुब्बा गोल्डकपको विजेता एनआरटीले १० लाख र उपविजेता चर्च ब्वाइजले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।


प्रतिक्रिया