पुलिस आहा! रारा पोखरा गोल्डकपको फाइनलमा

खेलकुद

काठमाडौं । चर्च ब्वाइज युनाइटेडलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा पुलिसले चर्च ब्वाइजलाई १–० गोलले हरायो ।
पुलिसका सञ्जीव लामाले गोल गरे । पोखरा गोल्डकपको दोस्रो सेमिफाइनलमा बिहीबार थ्री स्टार क्लब र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी खेल्दैछन् । फाइनल खेल फागुन ३ गते शनिबार हुनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट