`

हमासले रिहा गर्‍यो थप ३ इजरायली बन्धक

Nepal One HD ३ फागुन २०८१ १५:४८
विश्व

गाजस्थित इस्लामिक लडाकु समूह (हमास)ले शनिबार थप तीन जना इजरायली बन्धकलाई रिहा गरेको छ ।

हमासले शनिबार रुसी-इजरायली अलेक्ज्यान्डर ट्रोफानोभ, अर्जेन्टिना-इजरायली यायर हर्न र अमेरिकी-इजरायली सागुई डेकेल-चेनलाई रिहा गरेको हो।

रिहा गरिएका उनीहरुलाई रेडक्रसको जिम्मा लगाएको छ। बदलामा शनिबार नै इजरायली हिरासतबाट ३६९ जना प्यालेस्टिनीलाई रिहा गरिनेछ।

रेडक्रसलाई हस्तान्तरण गर्नुअघि हमासका नकाबधारी लडाकुले गाजाको दक्षिणी शहर खान युनिसको एक मञ्चमा बन्धकलाई परेड गराएर सम्बोधन गर्न भनिएका थिए।

अपहरणकारीले दिएको उपहारको झोला र कैद अन्त्यको प्रमाणपत्र समातेर लडाकुको साथमा उभिएका तीनै जनाले युद्धविराम सम्झौताअन्तर्गत थप बन्धक आदानप्रदान पूरा गर्न आह्वान गरेका थिए।

इजरायलले गाजामा भएको युद्धविराम भंग गर्ने चेतावनी दिएपछि हमासले आज थप तीन बन्धक छाड्न राजी भएको हो।

यसअघि उसले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै बन्धक रिहा रोक्ने बताएको थियो।


प्रतिक्रिया