`

मैत्रीपूर्ण खेलमा नेपालको युवा टोली चीनको युनान युथसँग पराजित

Nepal One HD ३ फागुन २०८१ १९:२९
खेलकुद

काठमाडौं । नेपालको युवा टोली चीनको युनान युथसँग पराजित भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शनिबार भएको मैत्रीपूर्ण फुटबलमा युनान युथले नेपालको युवा टोलीलाई २–० गोलले पराजित गरेको हो ।

चिनियाँ नयाँवर्षको उपलक्ष्यमा नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल सङ्घ र नेपाल ओभरसिज चिनियाँ सङ्घले संयुक्त रूपमा मैत्रीपूर्ण फुटबल आयोजना गरेका हुन् ।


प्रतिक्रिया