प्रतिनिधिसभा बैठक बस्दै, बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

प्रमुख खबर

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम संसदमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनेछन् ।
यस्तै, बैठकमा सभुमख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ ।
यसैगरी, बैठकमा गृहमन्त्री रमेश लेखकले ’नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक,२०८१ माथि सामान्य छलफल गरियोस्,’ भन्ने प्रस्ताव र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ’मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस्,’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट