`

अस्पतालद्वारा अर्थमन्त्री पौडेल र मेयर आचार्यसँगको भेटघाट बन्द

Nepal One HD ४ फागुन २०८१ १३:३४
प्रमुख खबर

काठमाडौं । पोखरामा बेलुन विस्फोट हुँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्यमा सुधार आएको छ ।

आइतबार कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले विज्ञप्ति जारी गरी अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिएका हुन् ।

निर्देशक नकर्मीले अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था सामान्य भए पनि संक्रमण हुने भएकाले भेटघाट भने बन्द गरिएको बताएका छन् ।


प्रतिक्रिया