`

नेपाली कांग्रेस पाल्पा काठमाडौं सम्पर्क समितिको वनभोज तथा भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न

Nepal One HD ४ फागुन २०८१ २०:५५
समाचार

नेपाली कांग्रेस पाल्पा काठमाडौं सम्पर्क समितिको आयोजनामा चोभारस्थित मञ्जुश्री पार्कमा वनभोज तथा भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। पाल्पाबाट काठमाडौं आई विभिन्न पेशा, व्यवसाय तथा विभिन्न क्षेत्रमा संलग्न नेपाली कांग्रेसका समर्थक, शुभेच्छुक तथा क्रियाशील सदस्यहरूबीच आपसी चिनजान, एकता र आत्मीयता बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष विमला बस्यालले जानकारी दिनुभयो।

कार्यक्रममा उपस्थित सहभागीहरूबीच सौहार्दपूर्ण वातावरणमा विचार आदान-प्रदान भएको थियो भने नेपाली कांग्रेसको संगठन सुदृढ बनाउन आवश्यक विषयहरूमा समेत छलफल भएको थियो। वनभोज कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन विभिन्न खेलकुद तथा साँस्कृतिक गतिविधिहरू समेत सञ्चालन गरिएका थिए। कार्यक्रममा उत्साहजनक रूपमा सहभागी भएका सम्पूर्ण सदस्यहरूलाई समितिले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।


प्रतिक्रिया