हेटौँडा-काठमाडौँ जोड्ने फाखेल-मातातीर्थ सडक आगामी चैत २१ गतेसम्म बन्द

समाचार

बागमती- हेटौँडा–काठमाडौँ जोड्ने फाखेल–मातातीर्थ सडक आजदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज तितुङले सूचना जारी गर्दै सडक मर्मतका लागि बन्द गरिएको जानकारी दिनुभएको छ ।
सो सडकअन्तर्गत महालक्ष्मी दोभान–घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने सडकमा पर्ने देउराली मातातीर्थ खण्डमा सडक निर्माण भइरहेकाले बाटो बन्द रहने अध्यक्ष तितुङद्वारा जारी सूचनामा उल्लेख छ । सडक निर्माणका साथै सडक स्तरोन्नति भइरहेकाले यातायात साधनको आवतजावत बन्द गर्नुपरेको अध्यक्ष तितुङले बताउनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया