`

 राससको वार्षिकोत्सवमा आयोजित दौड प्रतियोगितामा लामिछाने र थारु प्रथम

Nepal One HD ५ फागुन २०८१ १०:५३
खेलकुद

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) को ६४औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित दौड प्रतियोगितामा पुरुषतर्फ सम्पादक हरि लामिछाने र महिलातर्फ समाचारदाता बुनु थारु चौधरी प्रथम भएका छन् । 
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससद्वारा आयोजित  प्रतियोगितामा पुरुषतर्फ सम्पादन सहयोगी छविलाल कुमाल र महिलातर्फ फोटो सम्पादक सीता भट्टराई दोस्रो भए । रासस केन्द्रीय कार्यालयबाट एक किलोमिटर दूरीको मैत्रीपूर्ण दौड प्रतियोगितामा २५ जना सहभागी थिए । 

राससका महाप्रबन्धक सिद्धराज राईले प्रतियोगिताका विजेता र उपविजेतालाई नगद पुरस्कार प्रदान गरे । 


प्रतिक्रिया