डिभोर्सपछि ओशो सन्यासी बनिन् शिल्पा पोखरेल

मनोरञ्जन

काठमाडाैँ। अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्न्यासी’ बनेकी छन्।
छवि ओझासँगको डिभोर्सपछि अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्यासी’ बनेकी हुन्। ओशो सन्यासी बनेसँगै उनको नाम ‘माँ प्रेमा हाँस्या’ राखिएको छ ।
ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरेको अभिनेत्रीसमेत रहेकी ओशोमार्गी शोभिता सिम्खडाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।
शिल्पालाई शुभकामना दिँदै शोभिता लेख्छिन्-‘अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोर्याओस् र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस् धेरै धेरै शुभकामना ।’
‘लज्जा’बाट डेब्यु गरेकी उनले हवलदार सुन्तली, फागु, किस्मत २, मंगलमलगायतका चर्चित फिल्म खेलिसकेकी छन्।
शिल्पाले केही समय अघि मात्र फिल्म निर्माता पति छविराज ओझासँग सम्बन्धविच्छेद गरेकी थिइन् ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट