कांग्रेस सभापति देउवाको भारत भ्रमण रद्द
राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमणमा नजाने भएका छन् । आज सभापति देउवा भारत प्रस्थान गर्ने भनिए कार्यक्रम रद्द भएको कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
प्रयागराजमा आयोजित कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेनेबिलिटी कार्यक्रममा वक्ताका रूपमा देउवा सहभागी हुने भनिएको थियो । महाकुम्भमा सहभागी हुन जाँदा देउवाले केही राजनीतिक भेटघाट समेत गर्ने तयारी थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
