महोत्तरीका क्रिकेट खेलाडीको वृद्धि विकासमा सहयोग गर्ने एनआरएनए मलेसियाको वचन

खेलकुद

काठमाडौं । जिल्ला क्रिकेट संघ महोत्तरीका अध्यक्ष रोशनकुमार सिंह नेतृत्वको टोलीले गैरआवासीय नेपाली संघ(एनआरएनए) मलेसियाका पदाधिकारीसँग भेट गरेको छ ।
भेटमा संघको मलेसियाका अध्यक्ष राकेश महतो र मलेसियाका पदाधिकरीसँग क्रिकेट संघको टोलीले भेट गरेको हो । भेटमा अध्यक्ष महतोले महोत्तरी क्रिकेट संघका १८ खेलाडीलाई बोलाउने मलेसिया बोलाउने वचन दिएका छन् । खेलाडीहरुको आर्थिक दायित्व एनआरएनले बेहोर्ने अध्यक्ष महतोले बताएका छन् ।
उनले आउने समयमा मलेसियाको क्रिकेट बोर्डसँग सहकार्य गरी प्रतियोगिता आयोजना गर्ने बताएका छन् । जिल्ला क्रिकेट संघ महोत्तरीको टोली मलेसियामा प्रतियोगिता आयोजना गर्न एनआरएनए मलेसियालाई सहयोगका लागि आग्रह गर्न गएको हो ।



प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट