`

म्यानमारद्वारा किर्गिस्तान पाँच शून्य गोलले पराजित

Nepal One HD ८ फागुन २०८१ १७:२२
खेलकुद

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबलमा म्यानमारले दोस्रो जित हासिल निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५ शून्य गोलले हराएको हो ।

पहिलो हाफमा ४ गोल गरेको म्यानमारले दोस्रो हाफमा १ गोल गरेको थियो । म्यानमारकी यून वादी र मे हचटेटले २/२ तथा सनदर लिनले गोल गरे ।

प्रतियोगितामा म्यानमारको यो लगातार दोस्रो जित हो । यसअघिको खेलमा म्यानमारले लेबनानलाई हराएको थियो भने किर्गिस्तान नेपालसँग पराजित भएको थियो । प्रतियोगितामा आज साँझ ६ बजे नेपाल र लेबनान खेल्दै छन् ।


प्रतिक्रिया