`

भरिया समातेर जनताको आँखामा छारो हाल्ने काम नगरौँ : खतिवडा

Nepal One HD ६ चैत २०८१ ११:५०
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले २५ करोड अवैध रकम बरामद प्रकरणमा भरियालाई मात्रै समातेर जनताको आँखामा छारो हाल्ने काम नगर्न आग्रह रगरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्ता घटनामा ड्राइभरलाई पक्राउ गर्ने तर तस्करसम्म नपुग्ने प्रवृत्ति देखिएको स्मरण गरे। साथै उनले नाइके जुन तहको भए पनि कारबाही गर्न माग गरेका छन्।

उनले भने, ‘यस्ता घटनामा ड्राइभरहरूलाई मात्रै समात्ने तर मेन नाइकेहरूसम्म सरकार नपुगे आँखामा छारो हालेजस्तो हुन्छ। त्यसैले जुन तहको भएपछि नाइकेहरूसम्म पुगोस्। र कारबाहीको दायरामा ल्याओस्।’

उनले ठूलो अवैध रकम समात्न सफल नभएको सरकारलाई धन्यवाद दिदै, सरकार भ्रष्टाचारी र तस्करहरूलाई कारबाही गर्न तयार रहेको सन्देश दिन पनि माग गरे।


प्रतिक्रिया