`

टडकमा पैसा ओसार्ने काम सकाए हुन्छ….

Nepal One HD ९ चैत २०८१ ११:०८
प्रमुख खबर

के-के खानुछ कसकसलाई , खाए हुन्छ
भारतले सरकार अहिले नपर्ने रैछ !

टडकमा पैसा ओसार्ने काम सकाए हुन्छ
भारतले सरकार अहिले नफेर्ने रैछ !

पाँचसय किलोका माला अझै लाए हुन्छ
भारतले सरकार अहिले नफेर्ने रैछ!

कुलमान खेद्ने खाडल अझै गहिरो बनाए हुन्छ
भारतले सरकार अहिले नफेर्ने रैछ !

संसद बन्द गरेर अध्यादेश अझै ल्याए हुन्छ
भारतले सरकार अहिले नफेर्ने रैछ !

लुकाउन बाँकी भए-
भ्रष्टाचारका फाइल अझै लुकाए हुन्छ
भारतले सरकार अहिले नफेर्ने रैछ !

खतरा छ राजनेताहरुलाई कुलमान, बालेन हर्कबाट-
पाँच पाँच जिल्लामा पाँचपाँच मुद्दा लाए हुन्छ
भारतले सरकार अहिले नफेर्ने रैछ !

देश अब कलिकति बाँकी छ, बाँकी किन राख्नु सकाए हुन्छ
भारतले सरकार अहिले नफेर्ने रैछ !

-कवि अर्जुन पराजुली


प्रतिक्रिया