`

निरंकुश शासन लाद्ने मनसायकासाथ तिनकुनेमा घटना घटाइएको होः कांग्रेस

Nepal One HD १६ चैत २०८१ २०:००
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार तिनकुनेमा भएको घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ ।

शनिबार बसेको पार्टी पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा घटना भएको निष्कर्ष निकालेको हो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले राजावादीहरूको पूर्वयोजनाअनुरुप निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको निष्कर्ष निकालिएको जानकारी दिए ।

उनले भने, ‘पूर्वयोजनाअनुसार सिधै यहाँ–यहाँ आक्रमण गर्ने भनेर भनिएको छ। यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्छ।’

बैठकमा गृहमन्त्री रमेश लेखकले शुक्रबार भएको घटनाका विषयमा जानकारी गराउँदै प्रहरीले राजावादीको सभास्थलमा गोली र टियर ग्यास प्रहार नगरेको बताएका थिए ।

बैठकले निरंकुश शासन लाद्ने मनसायका साथ घटना घटाइएको भन्दै त्यसको भत्र्सना गरेको छ । कांग्रेसले तोडफोड र आगजनीमा संलग्नलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।


प्रतिक्रिया