`

प्रतिनिधिसभाको बैठक बस्दै, कुलमान प्रकरणबारे प्रधानमन्त्रीले जवाफ दिने

Nepal One HD १७ चैत २०८१ ८:०४
प्रमुख खबर

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने छन् । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै उक्त विधेयक प्रस्तुत गर्ने छन् । का

नून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्ततु गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई प्राधिकरणको प्रवन्ध निर्देशकबाट बर्खास्त गरेको बारेमा जवाफ दिने भएका छन् ।

यसअघि विपक्षी दलहरुले कुलमान बर्खास्त प्रकरणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै लगातार सदन अवरुद्ध गर्दै आएका छन् । शुक्रबार सभामुखसँगको छलफलमा प्रधानमन्त्रीले आजको बैठकमा यसबारे जवाफ दिने सहमति जुटेको थियो ।


प्रतिक्रिया