`

म माथि ठूलो अन्याय भएको छ : रवि लामिछाने

Nepal One HD २२ चैत २०८१ २१:२०
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि ठूलो अन्याय भएको बताएका छन् । धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उल्ट्याउँदै थुनामा पठाउने उच्च अदालतको आदेशपछि सामाजिक संजालमार्फत लामिछानेले आफूमाथि ठूलो अन्याय भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिँदैछु । साथै न्यायालयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु । म माथि ठूलो अन्याय भएको छ । चितवनको सभा नरोक्नुस् ।’

सुप्रिम सहकारी ठगीको अभियोगमा जिल्ला अदालत रुपन्देहीबाट धरौटीमा छुटेका रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गरेको हो ।

शुक्रबार जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै उच्चले रविलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । सुप्रिम सहकारी ठगीका अर्का अभियुक्त छविलाल जोशीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि रवि भने एक करोड धरौटीमा छुटेका थिए ।


प्रतिक्रिया